‘पुरानो बुलेट’ को शिर्ष गीत रिलिज (लिरिकल भिडियो)



चैत १ गतेबाट देशभर प्रदर्शनमा आउन तयार रहेको भिषण राई निर्देशित चलचित्र ‘पुरानो बुलेट’ को ‘मेरो पुरानो बुलेटैमा’ बोलको टाइटल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ । सार्वजनिक भएको यस भिडियोमा चलचित्रभित्रका केही चल-अचल दृश्यहरु समावेश गरिएको छ ।


क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको हालसालै ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ । चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा तथा पटकथा निर्देशक स्वयं भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् । हरि घले लामाको छायांकन रहेको यसमा कोरियोग्राफी प्रसान्त तामाङको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu