मनिष र एकतारेको ‘रकेट’ सार्वजनिक (भिडियो)



संगीतकर्ममै रमाइरहेका युवाहरूले स्थापना गरेको एबी मिडिया बिल्कुलै नौलो स्वादको गीत ‘रकेट’ को म्युजिक भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएको छ ।

संगीतकार सुशान्त गौतम र गीतकार एकतारेको ‘रकेट…’ मा गायक मनिष ढकालको सुमधुर आवाज रहेको छ ।

रिकेश गुरुङले संगीत संयोजन रहेको गीतको ध्वनी मिश्रण तथा मास्टरिङ बिजु बज्राचार्य तथा जोशुवाले गरेका छन् ।

गायक मनिष ढकाल तथा गीतकार एकतारले नै अभिनय गरेको भिडियोमा एउटा स्वच्छन्द मनको यात्रालाई बिजु कर्माचार्यले अमूर्त कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

एउटा गीत श्रृजनाको क्रममा कलाकारले अनुभूति गर्ने भावनाहरू समेटेर भिडियोमा गायकको स्टुडियोसम्मको यात्रालाई देखाइएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu