गैंडा संरक्षणको कथामा बनेको ‘खाग’ हलमा



गत हप्ता प्रदर्शनमा आएका दुई चलचित्र ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ ले शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन सुरु गर्दैगर्दा मनोज पण्डित निर्देशित चलचित्र ‘खाग’ भने प्रदर्शनमा उत्रिएको छ । निर्देशक पण्डित मौलिक कथामा चलचित्र निर्माण गर्न सिपालु मानिन्छन् । गैंडा संरक्षणका लागि भएको प्रयासको कथा यो चलचित्रमा भनिएको छ ।

कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको चलचित्रमा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । उनी चलचित्रमा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ । चलचित्रले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए ।

‘यस चलचित्रमा स्टार कलाकार छैनन्, तर कन्टेन्टमाथि हाम्रो विश्वस्त छौं’, उनले भने- ‘सामान्य कथा छ र त्यसलाई सरल ढंगबाट पस्केको छु ।’दीपक बज्रचार्यको छायांकन रहेको चलचित्रलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । चलचित्रलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । निर्देशक पण्डितले चलचित्रले पुस्तकलाई न्याय गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu