उपासना र प्रियंकाको प्रेममा अनमोल (भिडियो)



अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को तेस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शनमा आएको एक हप्तापछि सार्वजनिक भएको ‘सक्दिन कि बाँच्न’ बोलको गीतमा अभिनेता अनमोल दोहोरो प्रेममा छन् । अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीको प्रेममा उनी हराएका छन् । चलचित्रको सस्पेन्स खुल्ने डरले निर्माण टिमले यो गीत लुकाउँदै आएको थियो ।

सार्वजनिक गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र नवराज उप्रेतीको छायांकन छ । यो गीतलाई चलचित्रमा निर्देशक दीवाकर भट्टराईले कथाअनुसार स्थान दिएका छन् । चलचित्र नहेरेका दर्शकलाई भने गीतले अनमोलको जोडी उपासना हुन् वा प्रियंका ? भन्नेमा कन्फ्यूज बनाउँछ ।

पहिलो हप्ता राम्रो कमाई गरेको चलचित्रले प्रदर्शनको तीन दिनमा मात्र २ करोड ४० लाख छापेको थियो । यो चलचित्रले घरेलु बजारमा ६ करोड ग्रस कलेक्सन गरेताको खण्डमा मात्र निर्माताको लगानी सुरक्षित हुन्छ । हलसम्म पुग्दा चलचित्रमा निर्माताको १ करोड ८० लाख खर्च भएको छ । यो चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । निर्माता भुवन केसी हुन् ।

पिता (सरोज खनाल) को फुटबलमा देशलाई गोल्ड मेडल जिताउने अधूरो सपना छोरा इशान (अनमोल केसी) ले पूरा गर्दैगर्दा आइपर्ने अनेकन समस्यामा यो चलचित्र केन्द्रित छ । समीक्षकको नजरमा खरो उत्रन नसकेको चलचित्रलाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया प्राप्त छ । यसमा सूर्य माला खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सुनिल थापा, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu