सपिङ मलमा ‘कागजपत्र’ को प्रचार



अपिल बिष्टको निर्देशनमा तयार भएको चलचित्र ‘कागजपत्र’ को प्रचार प्रचारलाई निर्माण टिमले अहिले आक्रमक रुपमा सुरु गरेको छ । आगामी चैत्र ८ गतेबाट रिलिज हुने चलचित्रको पहिलो चरणमा काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ मलमा प्रचार गरिने निर्देशक बिष्टले बताए ।

प्रचार प्रसारका नयाँ र दर्शकलाई हलसम्म डोर्‍याउन सहयोग गर्ने प्रभावकारी फण्डा गर्ने सोचमा निर्माण टिम रहेको छ । महाशिवरात्रीको दिन काठमाडौंको सिटी सेन्टरबाट सुरु गरेको प्रचार प्रसार कार्यक्रमको निरन्तरता रुवरुप शनिबार काठमाडौंको चुच्चेपाटी स्थित क.एल. टावरमा पनि गरिएको छ ।

अब हरेक शनिबार बिदाको दिन राजधानीमा सञ्चालित विभिन्न सपिङ मलमा चलचित्रको प्रचार गरिने र अन्य थुप्रै कार्यक्रमहरु पनि सार्वजनिक गरिने निर्देशक विष्टले बताए । यो चलचित्रले नक्कली बिहे गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथा भन्छ । चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको यसअघि सार्वजनिक गीत ‘मायाको संसार’ र कमेडी ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको यसमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रलाई क्यासमिर डिक्शनले खिचेका हुन् भने निमेष श्रेष्ठको काँधमा सम्पादनको जिम्मेवारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu