‘जानी नजानी’ को शिर्ष गीत रिलिज (भिडियो)



आउँदो चैत १ गतेबाट देशैभर प्रदर्शनमा उत्रिन लागेको बसन्त अधिकारीको डेब्यू निर्देशित चलचित्र ‘जानी नजानी’ को शिर्ष गीत युट्युब रिलिज भएको छ । अञ्जु पन्त र प्रताप दासको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतका रचनाकार मोदनाथ खनाल हुन् ।

गीतको भिडियोमा चलचित्रका लिड कलाकार मनिष सुन्दर श्रेष्ठ र निरिशा बस्नेत फिचर्ड छन् । गीतले यी दुईको प्रेमभाव बोल्छ । भिडियोमा नव-अभिनेत्री निरशा निकै बोल्ड देखिएकी छन् । हिन्दी सिरियल ‘चन्द्रनन्दिनी’ मा काम गरिसकेकी उनको यो चलचित्र डेब्यू हो ।


यो चलचित्रमा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको चलचित्रमा छायांकन संजय लामाको रहेको छ । चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।

मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । यो चलचित्रलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउने निर्देशक अधिकारीले आफूले सामिप्यराज तिमल्सिनाले तयार पारेको कथालाई दृश्यभाषामार्फत् न्याय गर्ने इमान्दार प्रयास गरेको बताका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu