‘भाइरल भईदियो’ गायक मानसको नयाँ गीत सार्वजनिक, सुजन मार्पाको दमदार नृत्य (भिडियो)



काठमाण्डौ। ‘रेशम फिलीली’ फिल्ममा समावेश ‘पारी त्यो डाँडामा‘’ बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ । ‘जे पर्ला पर्ला’ बोलको गीतमा मानस स्वयंको गायन, शब्द र संगीत छ । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन् ।

डिआईडिका सेमीफाईनलिस्ट सुजन मार्पा तामाङ ग्रुपका कलाकारहरु फिचर्ड गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने रिक्की कर्माचार्यको सम्पादन छ । गीतको भिडियोको कन्सेप्ट र निर्देशन सुजन मार्पा तामाङको हो । गायक मासन राज पनि भिडियोमा केमियो भूमिकामा छन् ।

आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला लाई पनि दर्शक/स्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन् । गीतको भिडियोमा सुजन मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu