‘शुभ लभ’ मा बच्चादेखि वृद्धसम्मलाई मनपर्ने कथा : हरिहर



ज्योतिष विधामा छाटो समयमा नै लोभलाग्दो सफलता हात पारेका हरिहर अधिकारी अब चलचित्रको हिरो भएका छन् । उनको डेब्यू चलचि ‘शुभ लभ’ आउँदो चैत १५ बाट प्रदर्शनमा आउने तयारीमा छ । उनी ज्योतिष शास्त्र अनुसार चलचि सफल हुने र दर्शकले रुचाउने बताउँछन् । उनको यो ‘प्रेडिक्सन’ कति मिल्छ रु त्यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

अहिले उनी आफ्नो ज्योतिष पेशालाई कम समय दिएर फिल्मको प्रचारमा बढी दौडिरहेका छन् । हुन त चलचित्रमा पनि उनी ज्योतिषकै भूमिकामा छन् । तर, रियल लाइफसँग भने चलचित्रको कथा नमिल्ने उनले बताए । यद्यपि, चलचित्रको कथा भने उनी स्वयंले लेखेका हुन् । आफूले लेखेको कथामा आफू नै फिट हुने भएकाले चलचित्रमा काम गरेको उनले प्रस्ट्याए । यसअघि उनले लेखेको कथामा चलचित्र ‘ए मेरो हजुर २’ बनेको थियो ।


उनले चाहेको भए डेब्यू चलचित्र ‘शुभ लभ’ नभएर ‘ए मेरो हजुर २’ हुन्थ्यो । किनकि, यो चलचित्रमा पहिला उनी नै हुने फाइनल भएका थिए । तर, पछि उनले फिल्म नगर्ने निर्णय लिएपछि निर्देशक झरना थापाले अभिनेता सलिनमान बनियाँलाई अनुबन्ध गरेकी थिइन् । हरिहर आफूलाई भूमिका फिट नहुने भएकाले ‘ए मेरो हजुर २’ नगरेको बताउँछन् । ‘शुभ लभ’ मा निभाएको चरित्रलाई भने दर्शकले स्वीकार गर्ने उनको विश्वास छ ।

उनले बच्चादेखि वृद्धसम्म सबैलाई मनपर्ने र सजिलै बुझ्ने कथा चलचित्रमा रहेको बताए । एक टिभी अन्तर्वार्तामा उनले चलचित्रमा उठाइएको कथावस्तु आजसम्म कुनै चलचित्रमा नदेखिएको पनि दाबी गरेका छन् । नव-अभिनेत्री क्रिस्टिन पौडेलले पनि चलचित्र उत्कृष्ट बनेको दाबी गरिन् । उनी भन्छिन्, ‘फरक कथामा एउटा राम्रो चलचित्र बनेको छ । मैले पनि आफ्नो तर्फबाट उत्कृष्ट दिन कुनै कसर बाँकी राखेको छैन ।’

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतले यतिबेला चलचित्रको लोभलाग्दो हाइप निर्माण गरिरहेको छ । हाँसो, रोदन, प्रेम, विछोड, द्वन्द्व सबै मिश्रित ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन् । गीतसंगीत र ट्रेलरका कारण पनि दर्शकमाझ व्यग्र प्रतिक्षामा रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । चलचित्रका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu