वैशाख २७ मा ‘जात्रै जात्रा’



बक्सअफिसमा राम्रो पैसा छापेको चलचित्र ‘जात्रा’ को सिक्वेलको रुपमा बनेको ‘जात्रै जात्रा’ चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार, अब यो चलचित्र वि.सं २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुनेछ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

‘जात्रै जात्रा’ले सुरुवातमा फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो । तर, चलचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो । चलचित्रको छायांकन प्रभावित भएका कारण प्रदर्शन मिति पनि प्रभावित भएको थियो ।

योसँगै बैशाख महिनामा आशा गरिएका २ चलचित्र ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज हुने भएका छन् । चलचित्रमा यादव पौडेल र सिंगे लामाको लगानी छ । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ ।

चलचित्र ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइलाई पनि विशेष अवतारमा देख्न सकिनेछ । यसैविच, चलचित्रमा समावेश ‘माया पिरिम’ बोलको गीत आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ । यो गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu