‘शुभ लभ’ गीतमा प्रेमिकाको वियोगमा हरिहर (भिडियो)



चैत १५ गतेबाट प्रदर्शनमा लागेको चलचित्र ‘शुभ लभ’ को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा ज्योतिषबाट हिरो भएका हरिहर अधिकारीलाई नव-अभिनेत्री क्रिस्टिन पौडेलको यादमा तड्पिएको देख्न सकिन्छ ।

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतका कारण चर्चामा रहेको यो चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो । रियल लाइफझैं हरिहर यस चलचित्रमा पनि ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफमा आधारित भएर चलचित्र नबनेको उनी बताउँछन् । यसको कथा भने उनी आफैंले लेखेका हुन् ।


बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त चलचित्रमा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

यसमा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । निर्देशक लोहनीले कथामा फिट हुने भएरै हरिहरलाई लिड रोलमा लिएको बताउँछन् । ज्योतिषकै भूमिकामा भएका कारण चलचित्रमा उनीभन्दा बाहेक अरु फिट नै नहुने उनको भनाई छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu