एक भए दुई निर्माता संघ



आकाश अधिकारी अध्यक्ष रहेको चलचित्र निर्माता संघ र नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपालबीच एकता भएको छ । बुधबार दुई संघका अध्यक्षबीच नौं बुँदे सहमतीसँगै एकता भएको चलचित्र निर्माता संघका महासचिव रोज राणाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । एकतापछि दुबैले नेपाली चलचित्र क्षेत्रको विकासमा एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवलको संघले राख्दै आएका एजेन्डा र मागलाई आकाश नेतृत्वको निर्माता संघले सम्बोधन गरेपछि दुई संघबीच एकीकरण भएको हो । नेपाल निर्माता संघको चैत २ मा सम्पन्न हुने १५औँ वार्षिक साधारणसभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेज हुने जारी विज्ञप्तीमा उल्लेख छ । नवलको संघले तोकेको तीन निर्मातालाई अधिकारी नेतृत्वको संघको विधानअनुसार कार्यसमिति सदस्य पदमा मनोनीत गरिने सम्झौता भएको छ ।

साथै, चलचित्र निर्माता संघ नेपालले तोकेको अर्को दुई जनालाई नेपाल चलचित्र निर्माता संघको विधानअनुसार वरिष्ठ उपाध्यक्षसहित एक जनालाई उपाध्यक्ष पदमा मनोनीत गरिने, चलचित्र निर्माताले फिल्म हलबाट ६० प्रतिशत शेयर पाउने वातावरण तयार पार्ने, राष्ट्रिय चलचित्र नीति २०७१ र बक्स अफिस कार्यान्वयनमा जोड दिइनेलगायतका बुँदामा दुई संघबीच कागजी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu