अस्कार विजेता ‘फरेस्ट गम्प’ को रिमेक बनाउँदै आमिर



बलिउड सुपरस्टार आमिर खानले आफ्नो ५४औँ जन्मदिनको अवसरमा नयाँ चलचित्रको औपचारिक निर्माण घोषणा गरे । उनको नयाँ चलचित्र चर्चित हलिउड चलचित्र ‘फरेस्ट गम्प’ को रिमेक हुनेछ र यसको हिन्दीमा ‘लाल सिंह चड्ढा’ नाम राखिएको छ । आमिरका अनुसार, १९९४ मा रिलिज भएको र ६ अस्कार अवार्ड जितेको ‘फरेस्ट गम्प’ उनको सबैभन्दा मनपर्ने चलचित्रमध्येको एक हो ।

वायकम १८ मोशन पिक्चर्ससँग मिलेर उनले यो चलचित्र बनाउन लागेका हुन् । निर्देशन अद्वैत चन्दनले गर्नेछन् । अद्वैतले यसअघि आमिरको चलचित्र ‘सिक्रेट सुपरस्टार’ निर्देशन गरेका थिए, जुन उनको डेब्यू फिल्म थियो । २०१७ मा रिलिज भएको चलचित्रमा आमिर विशेष रोलमा थिए । चलचित्र निर्देशन गर्नुभन्दा पहिला अद्वैत, आमिर खानको म्यानेजर थिए ।

आमिरले ‘लाल सिंह चड्ढा’ को छायांकन र टम ह्याङक्सले निभाएको चरित्रलाई आफ्नो अन्दाजमा निभाउनका लागि तयारी सुरु गरिसकेका छन् । लाल सिंह चड्ढाको रोल निभाउनका लागि उनले २० केजी तौल घटाउनु पर्नेछ । चलचित्रको अक्टोबरबाट छायांकन सुरु हुँदैछ । आमिरले ‘फरेस्ट गम्प’ को राइट्स पाउन आठ वर्ष लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu