बैशाख १३ मा पुनः प्रदर्शन हुँदै ‘छक्का पञ्जा २’



गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम चलचित्र रि-रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा कुनै चलचित्र प्रदर्शनमा आउँदै छैनन् ।

हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण यो मितिमा कुनै नेपाली चलचित्र प्रदर्शनमा आउन नसकेका हुन् । यसअघि यो मितिमा प्रतिक्षीत चलचित्र ‘दाल भात तरकारी’ आउने कन्फर्म भएको थियो । तर, शुक्रवारमात्र ‘एभेन्जर’ को डरले यो चलचित्र एक हप्ता पछाडि सरेको छ । यसैको फाइदा उठाउँदै ‘छक्का पञ्जा २’ फेरि हलमा रिलिज हुन लागेको हो ।


हलमा रिलिज भएको २ वर्ष वितिसके पनि यो चलचित्र अझै युट्युबमा रिलिज भएको छैन । यो फिल्म युट्युबमा पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा चलचित्र प्रदर्शन गर्ने निर्णय लिएको छ । बैशाख १३ मा कुनै नेपाली चलचित्र नभएका कारण ‘छक्का पञ्जा २’ ले पुनः एकपटक सिंगल थिएटरमा दर्शक तान्न सक्ने फिल्म पण्डितहरुको आँकलन छ ।

दीपाश्री निरौला निर्देशित यस चलचित्रमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको तेस्रो पार्ट पनि प्रदर्शनमा आइसकेको छ । चलचित्रमा समावेश ‘म त यता किनारामा’ र ‘नाइनलको साडीमा’ बोलको गीत अहिले पनि उतिक्कै लोकप्रिय छ । यस चलचित्रको तेस्रो पार्ट समेत प्रदर्शनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu