राजेश हमाललाई ‘ट्रिब्युट’ गरिने



काठमाडौं । अभिनेता राजेश हमाललाई ‘ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । साधना कला केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागिएको जनाएको हो । केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी गर्ने जमर्को गरेको बताए । कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक राजेशपायल राई, यम बराल, रवी ओडलगायतको उपस्थिति थिए ।

आउँदो वर्ष २०७६ को जेठ महिनामा ‘ट्रिब्युट’ कार्यक्रमको आयोजना गरिने भएता पनि मिति भने तय भइसकेको छैन । अभिनेता हमालको फिल्मी यात्रामा धेरै व्यक्तित्व जोडिएको हुनाले उनीहरुसँगको छलफलपश्चात् एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ‘ट्रिब्युट’ गर्ने सोच पलाएको बताउँदै उनले उद्येश्य राम्रो भएकाले हमालले पनि अनुमती दिएको बताए ।

कार्यक्रममा उपस्थित शम्भुजित बाँस्कोटा, राजेशपायल राई, यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकामना दिए । कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक, उनको को-स्टारलाई ‘ट्रिब्युट’ मा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दसरथले बताए ।

अभिनेता राजेश हमालले एउटा राम्रो कार्यको थालनी आफूबाट हुन लागेकोमा खुसी व्यक्त गरे । ‘यसले एउटा परम्पराको थालनी गरेको छ । फिल्मी यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो’, उनले भने । संगीतकार बाँस्कोटाले हमाल ‘ट्रिब्युट’ को हकदार रहेको बताए । उनले भने, ‘राजेश एक यस्ता कलाकार हुन् जसको नाम नै पहिचान हो । उनलाई ‘ट्रिब्युट’ गरिनु समग्र फिल्म क्षेत्रकै लागि ठूलो सम्मानको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu