‘जात्रै जात्रा’ गीत: करिश्मा, निश्चल, सारादेखि विपिनसम्मको छमछमी (भिडियो)



जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत युट्युब रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी गरेर निर्माण टिमले ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गर्‍यो । गीतको भिडियोमा कलाकारहरुको भीड छ ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अभिनेत्री द्वय करिश्मा मानन्धर र सारा शिर्पालीसँग ठुम्का लगाएका छन् । चलचित्रमा उनीहरु यो गीतमा मात्र देखिनेछन् । बिहेको परिवेशमा गीत खिचिएको छ । गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, रबिन्द्र झा र रबिन्द्र सिंह बनियाँ पनि फिचर्ड छन् । निशान भट्टराई र मनिषा पोखरेलको गीतमा स्वर छ ।


कृष्ण भारद्वाजको संगीत रहेको गीतका रचनाकार लेखु सहयात्री हुन् । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका निर्माता मध्येका एक रबिन्द्र सिंह बनियाँले गीत बेच्नकै लागि निश्चललाई लिइएको धक नमानि बताए । निश्चल भने गीत राम्रो लागेर काम गरेको बताउँछन् । करिश्मा र साराले पनि उनकै कुरा सापटी लिए ।

‘जात्रै जात्रा’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यो चलचित्रको पहिलो पार्ट पनि उनैले निर्देशन गरेका थिए । उनी निर्देशित दोस्रो चलचित्र ‘शत्रु गते’ हो । दुई चलचित्र लगातार सुपरहिट दिएका उनले ‘जात्रै जात्रा’ लाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताए । चलचित्रको निर्मातामा सिंगे लामा र योगेश्वर पौडेल रहेका छन् । यसको कथा निर्देशक भट्टराईकै हो ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu