जन्मदिनमा निर्माता सुबासले गरे एम्बुलेन्स हस्तान्तरण



‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ र ‘कृ’ चलचित्र निर्माण गरेका निर्माता सुबास गिरीले आफ्नो जन्मदिनमा आफ्नो जन्मथलो सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्सको मुल्य १० लाख बराबरको रहेको बताइएको छ ।

चलचित्र निर्माणसँगै विभिन्न व्यवसायमा पनि आबद्ध गिरीले आफ्नो जन्मदिनको अवसरमा ‘सुवास फाउन्डेसन’ को शुभारम्भ गरेको पनि घोेषणा गरेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै आफूले कमाएको १० प्रतिशत अब फाउन्डेसनमा जम्मा गर्ने र आफ्नो जन्मथलोका जनताको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने जानकारी दिए ।

केही दिन अगाडि मात्र उनले आफू अध्यक्ष रहेको संस्था सुवास ह्युमन रिसोर्सेजको पहलमा मलेसियामा मृत्यु भएका एक नेपालीको परिवारलाई ६ लाखभन्दा बढी रकम सहयोग गरेका थिए । चलचित्र निर्माणसँगै सामाजिक कार्यमा पनि सक्रिय उनले फिल्म ‘कृ’ पछि भने कुनै चलचित्र निर्माण गरेका छैनन् । चाँडै नयाँ चलचित्र घोषणा गर्ने तयारीमा उनी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu