पम्फाले ‘जानी नजानी’ हेरेपछि भनिन्, ‘सफा र सरल’



नेकपाकी महिला नेत्री पम्फा भुषालले चलचित्र ‘जानी नजानी’ हेरेकी छिन । आफ्नै पार्टीको केही सदस्यसहित उनले आइतवार साँझ चलचित्र हेरेकी हुन् । राष्ट्रिय पोशाक ढाकामार्फत् युवालाई दायित्व बोध गराउने फिल्मलाई उनले रुचाएकी छिन् ।

चलचित्र हेरेपछि उनले उठान गरेको विषयवस्तुलाई मन पराइन । ’चलचित्रले ढाकाको विषयलाई उठान गरेको छ, त्यसले नयाँ पुस्तालाइ ढाका बुझाउँछ’ उनले भनिन्, ’चलचित्र सफा र सरल छ, युवालाई केही गर्नुपर्छ भन्ने प्रेरणा पनि दिन्छ ।’

चलचित्रमा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाँबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि रहेको लेखक सामिप्य तिमल्सेनाले बताएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह, रोशनी केसीलगायतको अभिनय छ भने यसै चलचित्रमार्फत् निरिषा बस्नेतले डेब्यु गरेकी छिन् ।

यसै चलचित्रमार्फत् धेरै चलचित्रमा मुख्य सहायक निर्देशकको अनुभव संगालेका बसन्त अधिकारीले पनि निर्देशनमा डेब्यु गरेका हुन् । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा छायांकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu