प्रदीपका लागि जसिता जून (भिडियो)



चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेशन’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘घाम जून’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले सोमवार अर्को रोमान्टिक गीत ‘मेरो आँगनीमा’ सार्वजनिक गरेको हो । सुरेश लामाको स्वर रहेको गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् ।

चलचित्रका निर्देशक उज्जवल घिमिरेको शब्द रचना रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतको एरेञ्ज रिकेश गुरुङले गरेका हुन् । गीतको भिडियोमा अभिनेता प्रदीप रिसाएकी जसितालाई गीत गाएर फकाउँदै देखिएका छन् । यसअघि यो जोडीले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ मा सँगै काम गरेका थिए ।


चलचित्र ‘लभ स्टेशन’ मा प्रदीप गायकको भूमिकामा छन् । चलचित्रका निर्माता गोविन्द शाही हुन् । प्रदीप र जसिताका अलावा चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।

यसलाई निर्देशक घिमिरेले सांगीतिक प्रेमकथामा आधारित पारिवारिक चलचित्र बताएका छन् । यसलाई आलोक शुक्लाले खिचेका हुन् । यसमा दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको पनि संगीत छ । सुवास सिंह बस्नेतको कथा रहेको चलचित्रमा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu