‘यात्रा’ टिमले मनायो होली (फोटोसहित)



चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ टिमले एकआपसमा रंग दलेर होलीको शुभकामना आदानप्रदान गरेको छ । चलचित्रका कलाकार, निर्देशक, निर्माताले एकअर्कालाई रंग र अविर लगाएर मंगलवार होली मनाए । बिहीवार भने फिल्म यूनिट प्रचारको शिलशिलामा भक्तपुरमा हुने एक होली विषेश कार्यक्रममा सहभागी हुन पुग्दैछ ।

अभिनेता सलिनमान बनियाँ, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटाले एकअर्कालाई होलीको रंग लगाए । निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द्व निर्देशक हिमाल केसीलगायतले पनि एकअर्कालाई रंग दलेर खुसी साटासाट गरे ।

बिहीवार भने गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रममा सहभागी हुने निर्देशक शाक्यले बताए । सलिन यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् ।

‘होली मलाई एकदम मनपर्ने पर्व हो तर प्रायः आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’, उनले भने- ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु, विभिन्न स्थानमा पुग्दैछु ।’ उनले पहिलो पटक यसकिसिमको अनुभव होलीलाई लिएर संगाल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu