‘प्रेमलीला’ को स्याड भर्सन सार्वजनिक (भिडियो)



चैत ८ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमलीला’ को वियोगान्त लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । ‘सबको कहानी उस्तै’ बोलको गीतमा शोभा पाण्डेको स्वर छ भने महेश खड्काको संगीत र डा.कृष्णहरी बरालको शब्द रचना छ । गीतमा चलचित्रका चल/अचल दृश्यहरु समावेश गरिएको छ ।


नेपाली युवती र एक भारतीय युवकको प्रेमकथामा चलचित्र आधारित छ । चलचित्रमा अभिनेत्री दीपशिखा खड्काको निर्माण र अभिनय छ । उनको प्रेमीको भूमिकामा भारतीय मोडल अली खान छन् । साथै, मौसम खड्काको पनि चलचित्रमा लिड रोल छ । यसको कथा दीपशिखा आफैंले लेखेकी हुन् ।

पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा नानीमैयाँ कार्की निर्मातामा छिन् । यो चलचित्रले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu