‘कागजपत्र’ गीतमा पीडामा कलाकार (भिडियो)



चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कागजपत्र’ को ‘स्याड भर्सन’ गीत युट्युबमा सार्वजनिक भएको छ । मंगलवार राजधानीमा सञ्चारकर्मीहरुसँग होलीको रंग दलेर खुसी साटासाट गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको हो । ‘तिमी जाने बाटो कता’ बोलको गीतमा चलचित्रका चार प्रमुख कलाकारहरु (नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरी) लाई पीडामा देख्न सकिन्छ ।

‘फूल हैन’ फेम्ड गायिका प्रविशा अधिकारी र अनुप शर्माको आवाज रहेको गीतमा संगीत सापकोटाको संगीत र शब्द रचना छ । निर्देशक अपिल विष्टले सार्वजनिक गीतलाई कथाको मर्मअनुसार चलचित्रमा स्थान दिइएको बताए । यो चलचित्रले नक्कली विवाह गरेर अष्ट्रेलिया जानेहरुको कथा भन्छ । यसको कथा निर्देशक विष्ट आफैंले तयार पारेका हुन् ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । चलचित्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक विष्ट बताउँछन् । यसअघि उनले ‘झुम्की’ चलचित्र निर्देशन गरेका थिए । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्मातामा छन् ।

चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । अभिनेत्री शिल्पा र नाजिरले ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताएका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu