प्रदीप र जसिताको होली पोखरामा



चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेशन’ टिमले पोखरा पुगेर होली मनाएको छ । युवास्टार प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले एकअर्कालाई रंग र अविर दलेर होली पर्वको शुभकामना आदानप्रदान गरे । फिल्मका निर्माता गोविन्द शाहीले पनि आफ्ना नायक-नायिकालाई रंग दलेर होली मनाए ।

मंगलबार पोखरा पुगेको ‘लभ स्टेशन’ टिम बुधबार दिउँसो पोखरा लेकसाइडमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछ । बुधबार बिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने विश्वास राखे । ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ’, प्रदीपले भने ।


नायिका जसिताका लागि भने यस वर्षको होली विषेश छ । किनकि, उनी १३ वर्षपछि आफ्नो जन्मथलो पोखरामा होली मनाउँदैछिन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’, जसिताले भनिन् । यस्तै, निर्माता शाहीले पोखरा माया गर्नेहरुको स्टेशन भएका कारण पोखरेली दर्शकलाई ‘लभ स्टेशन’ मनपर्ने बताए ।

उज्जवल घिमिरे निर्देशित यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्लेलगायतको अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu