‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्रीले भने- ‘इशान इज बेस्ट’



प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । बुधबार श्रीमती र पितासँग बिग मुभिजमा पुगेर उनले चलचित्र हेरेका हुन् । चलचित्र हेरेपछि उनले अनमोलले निभाएको चरित्र इशान खड्काको तारिफ गरे ।

राष्ट्रिय चलचित्र नीतिको मस्यौदा अड्किएको पत्रकारको प्रश्नमा भने उनले आफू हतारमा रहेको भन्दै जवाफ दिएनन् । हलबाट बाहिरिँदै गर्दा फेरि चलचित्रको तारिफ गर्दै उनले भने- ‘इशान खड्का इज बेस्ट ।’ प्रधानमन्त्रीको कुरा सुनेर छेवैमा उभिएका अनमोल भने हाँसिरहेका थिए । उनी प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नो चलचित्र हेर्न समय छुट्याएकोमा खुसी देखिए ।


प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै उनले भने- ‘दर्शकहरुले त माया दिइरहनु भएकै थियो तर, प्रधानमन्त्रीजस्तो व्यक्तिले चलचित्र हेरिदिन्छु होला भनेर मैले सोचेकै थिइनँ । म एकदमै खुसी छु ।’ उनले प्रधानमन्त्री ओलीसँग आफ्नो तेस्रो भेट रहेको पनि खुलाए । उनले ‘क्याप्टेन’ को रेस्पोन्स र व्यापारबाट खुसी रहेको पनि बताए ।

अनमोलसँगै निर्देशक दीवाकर भट्टराई, निर्माता भुवन केसी र अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि प्रधानमन्त्रीसँग साथमा चलचित्र हेरेका थिए । प्रधानमन्त्रीसँग नेकपाका नेताहरु विष्णु पौडेल, रघुवीर महासेठ लगायतले पनि चलचित्र हेरेका थिए । भुवनले प्रधानमन्त्रीसहित मन्त्रालयका सचिवहरुले चलचित्र हेरिदिएकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu