बोर्ड अध्यक्षमा केशव



चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केशव भट्टराई नियुक्त भएका छन् । डेढ वर्ष कार्यकाल बाँकी रहँदै निकिता पौडेलले राजिनामा दिएपछि बोर्ड अध्यक्षविहीन भएको थियो । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।

निकिताले राजिनामा दिएपछि सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । भट्टराईसँगै अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरेलगायतले दर्खास्त दिएका थिए ।


२ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका भट्टराई नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष एवं जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् । उनी निर्मित नयाँ फिल्म ‘यात्रा’ यही चैत २९ मा रिलिज हुँदैछ ।

सयको आसपासमा चलचित्रमा अभिनय गरिसकेका उनले ‘आफ्नो मान्छे’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ चलचित्र पनि निर्माण गरिसकेका छन् । बोर्ड अध्यक्षमा नियुक्त भएसँगै बक्स अफिस कार्यान्वयन गर्नु नै अब उनको मुख्य चुनौती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu