हलमा दुई चलचित्र- ‘कागजपत्र’ र ‘प्रेमलीला’



शुक्रवारबाट दुई नयाँ फरक-फरक जनराका चलचित्र मुलुकभर प्रदर्शनमा आएका छन् । यस हप्ताको शुक्रवार एकसाथ प्रदर्शन आरम्भ गरेका चलचित्र हुन्- ‘कागजपत्र’ र ‘प्रेमलीला’ । नक्कली विवाह गरेर अष्ट्रेलिया जानेहरुको कथामा निर्माण भएको ‘कागजपत्र’ लाई अपिल विष्टले निर्देशन गरेका हुन् ।

नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, सरिता गिरीलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।


यस्तै, ‘प्रेमलीला’ ले अन्तरदेशीय प्रेमकथा भन्छ । एक नेपाली युवती र भारतीय युवकबीचको प्रेममा चलचित्र आधारित रहेको बताइएको छ । चलचित्रमा अभिनेत्री दीपशिखा खड्काको निर्माण र अभिनय छ । उनको प्रेमीको भूमिकामा भारतीय मोडल अली खान छन् । साथै, मौसम खड्काको पनि फिल्ममा लिड रोल छ ।

यसको कथा दीपशिखा आफैंले लेखेकी हुन् । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा नानीमैयाँ कार्की निर्मातामा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu