‘ए मेरो हजुर ३’ को दोस्रो गीत ‘परान’ सार्वजनिक (भिडियो)



चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतले लोकप्रियता हासिल गर्दैगर्दा सार्वजनिक गरिएको ‘परान’ बोलको गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वर छ । गायक अविरलकै शब्द तथा संगीत रहेको गीतको भिडियो निकै आकर्षक ढंगले तयार गरिएको छ ।

अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा गीतको भिडियोमा फिचर्ड छन् । दुईलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । सम्भवतः पहिलो पटक चलचित्रमा अनमोलले ढाकाटोपी र दौरा सुरुवाल लगाएका हुन् । सुहानासँग उनको जोडी कमालको देखिएको छ । यो गीतले चलचित्रको हाइप निर्माणमा ठूलो भूमिकाका खेल्ने निर्माण पक्षको विश्वास छ ।


चलचित्र ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही चलचित्रको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् । सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काले सम्पादन गरेका छन् । चलचित्रमा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu