‘ए मेरो हजुर ३’ को ‘परान’ गीतको कीर्तिमानी रेकर्ड (भिडियो)



चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत चलचित्र मध्येको एक ‘ए मेरो हजुर ३’ को ‘परान’ बोलको गीतले युट्युबमा कीर्तिमानी रेकर्ड बनाएको छ । यो गीतले इन्टरनेट रिलिजको २४ घण्टामा १० लाख २४ हजार बढी भ्यूज बटुल्न सफल भएको छ । यसअघि यो रेकर्ड चलचित्र ‘शत्रु गते’ को नाम थियो । यो फिल्मको ‘रुपै मोहनी’ बोलको गीतलाई युट्युब रिलिजको २४ घण्टामा ८ लाख ४७ हजारभन्दा बढीपटक हेरिएको थियो ।

पाँच हजार बढी कमेन्ट प्राप्त गीतलाई ४६ हजार बढीले लाइक्स गरेका छन् । गीत मन नपराउनेको संख्या भने झण्डै ३ हजार छ । गीतको कमेन्टमा अधिकांशले तारिफको पुल बाँधेका छन् । अभिनेता अनमोल र डेब्यू गर्ल सुहाना थापाको केमेस्ट्रीलाई अत्याधिक रुचाइएको छ । यो गीतका कारण चलचित्रको इनिसियल बक्सअफिस आक्रामक हुने फिल्म पण्डितहरुको अनुमान छ ।


गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वर छ । गायक अविरलकै शब्द तथा संगीत रहेको गीतको भिडियो निकै आकर्षक ढंगले तयार गरिएको छ । अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राईलगायतका कलाकारहरु गीतको भिडियोमा फिचर्ड छन् । अभिनेता आमेश भण्डारीलाई बेहुलाको भेषमा देख्न सकिन्छ । चलचित्रलाई झरना थापाले निर्देशन गरेका हुन् ।

अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेको यसमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu