‘लप्पन छप्पन २’ घोषणा, दोहोरिए दया, सौगात र अर्पण



दुई वर्ष अगाडि प्रदर्शनमा आएको मल्टिस्टारर चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेल निर्माण हुने भएको छ । शुक्रवार साँझ निर्देशक मुकुन्द भट्टले एक पोस्टरमार्फत् फिल्मको पूरा ‘कास्ट एण्ड क्रियू’ को नाम सार्वजनिक गरेका छन् । फिल्मको नाम ‘लप्पन छप्पन २’ राखिएको छ । पहिलो सिरिजमा काम गरेका कलाकारहरु नै प्रायः सिक्वेलमा दोहोरिएका छन् ।

चलचित्रको सिक्वेलमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा दोहोरिएका छन् भने अभिनेत्री वर्षा सिवाकोटी बाहिरिएकी छन् । उनलाई मिस नेदरल्याण्ड सेकेण्ड रनरअप केरोलिन कोलिन्डाले रिप्लेस गरेकी हुन् । चलचित्रमा अभिनेता अनुपविक्रम शाहीको पनि इन्ट्री भएको छ । यसमा देव कुमार, सुरविना कार्की, सृजना सिनालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

अर्को वर्षको महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको चलचित्रलाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र छन् । कथा, पटकथा र संवादमा निर्देशक भट्टलाई अमित शर्मा र विवेक पाण्डेले सघाएका छन् । पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बन्ने चलचित्रमा राजेन्द्र भट्ट (मिस्टर आरजे), शम्भुजित बाँस्कोटा र दिपक आरजेको संगीत रहनेछ । चलचित्रमा सिमोस तामाङ एक्सन डाइरेक्टरको रुपमा अनुबन्ध भएका छन् भने एक्सन डिजाइनरमा हिमाल केसी छन् । यसमा शैलेस श्रेष्ठले ब्याकग्राउण्ड स्कोर गर्नेछन् । चलचित्रलाई ‘डेन्जरस गेम’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu