‘यात्रा’ को कलेज केन्द्रित प्रचार



अभिनेता सलिनमान बनियाँ आफ्नो दोस्रो चलचित्र ‘यात्रा’ को प्रमोसनको क्रममा हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलएको तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको ’एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिन आफ्नो ‘यात्रा’ टिम सहित पुगेका थिए ।

सलिनसँगै डेब्यु गर्ल मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाललगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै चलचित्रको चट्ट रुमाल गीतमा डान्स समेत गरे । कलेजमा प्रवेश भएसँगै सलिन सँग सेल्फी खिच्न स्टुडेन्टको लाइन नै लागेको थियो ।

विधार्थीले उनको चलचित्रको बारेमा जानकारी लिदै शुभकामना समेत दिए । सलिनले नेपाली चलचित्रलाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले चलचित्र क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए ।

उनिसँगै सलोनले गीत गाउँदै आफ्नो चलचित्र ‘यात्रा’ को डायलग समेत सुनाएका थिए । यात्रामै आधारित विषयवस्तुमा आधारित चलचित्रमा सलिन भ्ल्गिस्टको भूमिकामा छन् ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu