‘छपाक’ मा एसिड अट्याक लक्ष्मी बन्दै दीपिका



मेघना गुलजारको निर्देशन गर्ने चलचित्र ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दीपिका पादुकोण प्रस्तुत छिन् । यो चलचित्रमा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिनेछिन् । दीपिकाको लुक्सले धेरैलाई निःशब्द बनाएको छ ।

‘छपाक’ मा दीपिकाले आफ्नो करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउन लागेको बताएकी छन् । फिल्ममा उनको चरित्रको नाम ‘मालती’ छ । सार्वजनिक पोस्टरमा दीपिकालाई सजिलै चिन्न गाह्रो हुन्छ । उनी हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छन् । पोस्टरमा उनी एक शिशाको अगाडि उभिएकी छन् ।


चलचित्र ‘छपाक’ १० जनवरी २०२० मा रिलिज हुनेछ । दीपिकाको यो चलचित्रलाई अहिलेदेखि नै सुपरहिट भन्न थालिएको छ । फ्यान मात्र नभएर उनको लुक्सले बलिउड सेलिब्रेटीलाई समेत हैरान बनाएको छ । वरुण धवन र ज्याकलीन फर्नान्डिजले उनको लुक्स मन पराएका छन् ।

‘छपाक’ एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमा बेस्ड छ । लक्ष्मीमाथि सन् २००५ मा एक व्यक्तिले एसिड फ्याकेका थिए । उनीमाथि यो हमाला यसकारण भएको थियो कि, उनले उक्त व्यक्तिसँग विवाहको प्रपोजल नकारेकी थिइन् । एसिड आक्रामण भएपछि लक्ष्मीको अनुहार पूरै खराब भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu