चलचित्र सफल भए पनि मलाई धेरैले चिनेनन् : कार्तिक आर्यन



बलिउडमा पछिल्लो समय चर्चामा रहेका अभिनेता हुन् कार्तिक आर्यन । सन् २०१३ मा आएको चलचित्र ‘प्यारका पञ्चनामा’ बाट बलिउडको करिअर सुरु गरेका उनले एकपछि अर्को हिट चलचित्र दिन सफल भएका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई बलिउडमा काम पाउन गाह्रो भएन । तर, ‘प्यारका पञ्चनामा’ चलचित्र सफल भए पनि मलाई धेरैले चिन्न सकेनन् । एकपछि अर्को चलचित्रमा सफलता हासिल गरेपछि मात्र मेरो चर्चा हुन थालेको थियो ।’

एक दशक बलिउडमा बिताएका उनले भनेका छन्, ‘अब भने मानिसले मलाई चिन्न थालेका छन् । मैले खाजेजस्तो काम पाएको छु ।’ केही हप्ता अगाडि रिलिज भएको उनको चलचित्र ‘लुका छिप्पी’ ले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu