मेचुको ‘मायाको मौसम’ सार्वजनिक (भिडियो)



संगीतकार गीतकार राजेश श्रेष्ठले तयार पारेको गीत ‘मिठो मिठो मायाको मौसम छ’ भिडियो सार्वजनिक गरिएको छ । सेलीब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ ।

रोमान्टिक भावमा तयार पारिएको यो गीतमा संगीतकार गीतकार राजेशले आफ्नो रचना शिल्प र संगीत कौशल देखाएका छन् । मेचु धिमालको स्वरमा रहेको गीतको भिडियो पनि गज्जबको बनेको छ । करिब ३ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिई सकेकी गायिका मेचुको यो सार्वजनिक तेस्रो भिडियो हो ।

गायिका मेचु धिमाल अडियो र भिडियो दुवै राम्रो भएकोले दर्शकको नजरमा पर्नेमा बिश्वस्त छिन् राम्रो अवसर र काम पाएको खण्डमा आफुलाई उत्कृष्ट गायिकाको रुपमा प्रमाणित गर्ने क्षमता भएकी गायिकाका अन्य सृजनाहरु पनि तयार छन् ।

हेरुका लामाको कोरियोग्राफ़ी र निर्देशनमा बनेको भिडियोलाइ सुरेश काफ्लेले छायांकन गरेका हुन् भिडियोमा बिष्णु खड्काले सम्पादन र कलर करेक्सन गरेका छन् । निर्देशक स्यंम र मोडल जेनेलिया श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu