किन नआउने भयो युट्युबमा ‘शुभ लभ’ ?



यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शुभ लभ’ पनि युट्युब रिलिज नहुने भएको छ । युट्युबमा चलचित्र रिलिज हुने आशाले दर्शक हलसम्म नजाने हुँदा चलचित्र युट्यबमा रिलिज नगर्ने निर्णय लिइएको निर्माण टिमले जानकारी दिएको छ ।

ज्योतिषबाट हिरो भएका हरिहर अधिकारीले ‘शुभ लभ’ युट्युबमा नकुर्न दर्शकलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘चलचित्र युट्युब रिलिज हुँदैन । यो चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त चलचित्रमा क्रिस्टिन पौडेल, डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu