अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ३’ ट्रेलर रिलिज (भिडियो)



बिहीवार दिउँसो १ बजे युट्युब रिलिज हुने भनिएको झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर विभिन्न प्राविधिक कारणले करीब ५ घण्टा ढिलो सार्वजनिक भएको छ । बुधवार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई ट्रेलर देखाइएको थियो । ट्रेलरमा प्रेमदेखि कमेडीसम्म समेटिएको छ ।

अभिनेता अनमोल केसीलाई भने डबल रोलमा देख्न सकिन्छ । उनी सुपरस्टार गायक प्रेम र एक साधारण युवक धनश्याम महर्जनको चरित्रमा प्रस्तुत छन् । ट्रेलर हेर्दा उनी चलचित्रमा डबल रोलमा रहेको अनुमान लगाउन गाह्रो पर्दैन । अनमोलको डेब्यू गर्ल सुहाना थापासँग लभ केमेस्ट्री पनि देख्न सकिन्छ ।

ट्रेलरको एक दृश्यमा उनीहरु दुलहा-दुलहीको भेषमा विवाह मण्डपमा देखिएका छन् । सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुले पनि ट्रेलरमा राम्रो ‘स्क्रिन स्पेस’ पाएका छन् । अनमोललाई टिजरमा झैँ ट्रेलरमा पनि ‘मेगास्टार’ को रुपमा सम्बोधन गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा अनमोलले ‘ए मेरो हजुर’ को ब्रान्डमा आबद्ध हुन पाउँदा खुसी महशुस गरेको बताए ।

‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ बोलको गीतका कारण चर्चामा रहेको यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काले सम्पादन गरेका छन् ।

सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रमा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । निर्देशक झरनाले चलचित्रले एक स्टार र फ्यानको प्रेम वाचन गर्ने बताइन् । उनले भनिन्, ‘श्रीकृष्ण श्रेष्ठ र झरना थापाको ‘ए मेरो हजुर’ थियो । यसपछि साम्राज्ञी आरएल शाह र सलिनमान बनियाको ‘ए मेरो हजुर’ थियो । अब अनमोल र सुहानाको ‘ए मेरो हजुर’ छ ।’

यो चलचित्र चैत २९ गतेबाट मुलुकभर प्रदर्शनमा आउँदैछ ।

ट्रेलर हेर्नुहोस्:-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu