हलमा एकसाथ लागे ‘साइँली’ र ‘शुभ लभ’



यस हप्ताको शुक्रवारका लागि दुई प्रतिक्षीत चलचित्र ‘साइँली’ र ‘शुभ लभ’ एकसाथ प्रदर्शनमा आएका छन् । गायक हेमन्त रानाद्वारा स्वरबद्ध चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण गरिएको ‘साइँली’ चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । उनी माटो सुहाउँदो चलचित्र बनाउने निर्देशकको रुपमा परिचित छन् । यसमा ‘साइँली’ गीतको भिडियोमा अभिनय गरेर आम दर्शकमाझ चिनाएका गौरव पहारी र मेनुका प्रधान नै लिड रोलमा छन् ।

अभिनेता दयाहाङ राईको पनि यसमा अभिनय छ । यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रबाट केनिपा सिंहले डेब्यू गरेकी छन् । यसमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ ।

यस्तै, चलचित्र ‘शुभ लभ’ बाट चर्चित युवा ज्योतिष हरिहर अधिकारीले अभिनय यात्राको शुभारम्भ गरेका छन् । चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । यसमा हरिहरले नव अभिनेत्री क्रिस्टिन पौडेलसँग रोमान्स गरेका छन् । चलचित्रमा उनी रियलझैँ ज्योतिषकै भूमिकामा छन् ।

चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् भने धर्मराज शर्मा सुवेदीको लगानी छ । उक्त चलचित्रमा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu