‘ए मेरो हजुर ३’ ट्रेलरले बनायो कीर्तिमानी रेकर्ड



अभिनेता अनमोल केसीले फेरि चलचित्रको ट्रेलरले युट्युबमा बनाएको कीर्तिमानी रेकर्ड आफैंले तोडेका छन् । चलचित्र ‘क्याप्टेन’ को ट्रेलरले युट्युब रिलिजको २४ घण्टामा ८ लाख १० हजार भ्यूअर्स बटुलेको थियो । ‘ए मेरो हजुर ३’ को ट्रेलरलाई २४ घण्टामा ८ लाख ११ हजार बढी पटक हेरिएको छ ।

पूर्ण रुपमा कमर्शियल बनाइएको ट्रेलरलाई ४९ हजार बढी लाइक्स मिलेको छ भने कमेन्ट गर्नेहरुको संख्या ७ हजार ७ सय बढी छ । ट्रेलरले अधिकांशको मन जितेको छ । अभिनेता अनमोललाई ट्रेलरमा दुई रुपमा देख्न सकिन्छ । उनी चलचित्रमा डबल रोलमा हुनसक्ने अनुमान लगाइएको छ ।

यस चलचित्रबाट डेब्यू गरेकी सुहाना थापाको अभिनय र सुन्दरतालाई पनि थुप्रै तारिफका कमेन्ट प्राप्त छन् । उनलाई हाइट कम भएको प्रतिक्रिया पनि धेरै छन् । यद्यपि, अनमोलसँग उनको केमेस्ट्रीलाई अत्याधिक रुचाइएको छ । ‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ गीतसँगै सार्वजनिक ट्रेलरले चलचित्रको लोभलाग्दो हाइप निर्माण गरेको छ ।

सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झा, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । झरना थापाले निर्देशन गरेकी हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

यसमा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी छ । चलचित्र यही चैत २९ गतेबााट मुलुकभर प्रदर्शनमा आउँदैछ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu