फ्लोरमा ‘हृदय भरी’



आउँदो भाद्र २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता पल शाहको प्रमुख भूमिका रहने चलचित्र ‘हृदय भरी’ को शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ । राजधानीबाट सुरु भएको चलचित्रको छायांकन लगभग ४५ दिनसम्म चल्ने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । शुक्रवारदेखि राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ‘मिस नेपाल’ को सिन छायांकन भइरहेको छ ।


’चलचित्रको महत्त्वपूर्ण सिन हो यो, जसले चलचित्रमा मोड ल्याउँछ’, उनले सिनलाई बुझाउँदै भने ’मिस नेपालको फिनालेको दृश्यको सजावट हो त्यसैले निकै मेहनतका साथ खिचिरहेका छौं ।’ झन्डै पन्ध्र बढी व्यावसायिक मोडलसँगै डेब्यु गर्ल श्रद्धा क्षेत्री र रेखा लिम्बुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरिरहेकी छन् । चलचित्रको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरेका छन् ।

चलचित्रको कथावस्तु काठमाडौंको भएकाले यसको गीत धरान र विदेशमा खिचिने निर्देशक सुब्बाले बताए । उनकै लेखनमा तयार हुने चलचित्रमा नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, सलोन बस्नेत, मनोज केसीलगायतको अभिनय रहनेछ । श्रद्धाले यो चलचित्रबाट डेब्यू गर्न लागेकी हुन् । उनी लामो समयदेखि भारतमा बसेर मोडलिङ गर्दै आइरहेकी थिइन् ।


चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu