मुन्द्रेको शोमा पुगे सलिन, सलोन र मलिका



आउँदो चैत्र २९ गते प्रदर्शन हुने चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ युनिटले आफ्नो प्रचार प्रसारको क्रममा ‘मुन्द्रेको कमेडी क्लब’ ज्वाइन गरेको छ । टेलिभिजन शोमा दर्शकमाझ लोकप्रिय रहेको यस शो चलचित्रका कलाकारहरु सलिनमान बनिया, सलोन बस्नेत र डेब्यु गर्ल मलिका महत पुगेकी हुन् । उनीहरुले चलचित्रको बारेमा कराकानी गर्दै उक्त कार्यक्रम मार्फत् दर्शकलाई जानकारी गराएका छन् ।

सलिनको आफ्नो फिटनेस र फेशनको राज खोले भने मलिकाले आफ्नो ब्लाइन्डको भूमिका निभाउन गरेको दुखलाई सम्झिन । चैत्र २५ गते प्रशारण हुने शोमा सलोनले पनि चलचित्रको बारेमा बोल्दै यात्रालाई स्मरण गरे । यी तीनैले ‘मुन्द्रेको कमेडी क्लब’ मा आफ्नो यात्रालाई पनि शेयर गरेका छन् । जितु नेपाल होस्ट रहेको कार्यक्रममा निर्देशक दीपाश्री निरौला अध्यक्ष छिन् ।

सलिन अभिनित दोस्रो चलचित्र हो ‘यात्रा’, जसमा उनि भ्लगरको भूमिकामा छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रमा सलिन, सलोन र मलिकासँगै जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राइलगायतको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।

चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह( निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu