५० लाख ठगी गरेको आरोपमा निर्मात्री प्रज्ञा पक्राउ



निर्मात्री तथा कलाकार प्रज्ञा जोशीलाई प्रहरीले इटहरीबाट ठगीका आरोपमा पक्राउ गरेको छ । ५० लाख ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा मुद्धा परेको थियो ।

सोमवार उनलाई इटहरीबाट काठमाडौं ल्याइँदैछ । लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी थिइन् । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

केही वर्ष अगाडिसम्म प्रज्ञा नेपाली चलचित्रमा सक्रिय थिइन् । उनले केही चलचित्र निर्माणसँगै दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् । उनले ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’ चलचित्र निर्माण गरेकी छन् । ‘कान्छी नानी’, ‘तिमी मात्र तिमी’ लगायतका चलचित्रमा अभिनय पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu