रणवीर र आलियालाई देशको मुद्दासँग लिनुदिनु छैन : कंगना



अभिनेत्री कंगना रनावटले एकपटक पुनः रणवीर कपुर र आलिया भट्टविरुद्ध मुख खोलेकी छिन् । उनले हालसालै एक अन्तर्वार्ताको क्रममा भनिन्, ‘यिनीहरुलाई देशको मुद्दासँग कुनै लिनुदिनु छैन । मुलुकका जरुरी मुद्दाहरुमा यिनीहरु कहिल्यै बोल्दैनन् । यिनीहरु त केवल यौन जीवनको बारेमा सोध्यो भने मात्र यसबारे कुरा गर्न तयार हुन्छन् ।’

कंगनाले आलिया र रणवीर युवा हुन् र भनेर प्रश्न उठाएकी छन् । ‘रणवीर २७ र आलिया २७ वर्षकी हुन् भने यिनीहरु कसरी युवा भए ? २८ वर्षको उमेरमा त मेरी आमाको तीनवटा बच्चा भइसकेका थिए,’ उनले भनिन् ।

उनले अगाडि थपिन्, ‘बच्चा छन् हुन कि के हुन् यिनीहरु ? इन्स्टामा तस्बिर पोस्ट गर्छन् र लेख्छन् कि म यसको साथ हुँ, यसको साथ छैन । यी सबै त चलिरहन्छ, ठिकै छ तर जब देशको कुरा आउँछ, उनीहरुले भन्छन्, यो मेरो निजी जिन्दगी हो ।’

त्यसो त कंगनाले यसअघि पनि उनीहरुविरुद्ध निशाना सोझ्याएकी थिइन् । उनले आलियालाई करन जौहरको कठपुतली बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu