जान्भीसँग चलचित्र गर्ने कुरामा सत्यता छैन : अनमोल



यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ३ को प्रचार-प्रसारमा व्यस्त अभिनेता अनमोल केसीलाई हालै चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोन्डुपले बलिउड चलचित्र अफर गरेका थिए । अहिले यस चलचित्रको गीत तयार गर्ने काम भइरहेको छ । अनमोल चलचित्र गर्न तयार भए उनको अपोजिटमा निर्माण टिम बलिउड अभिनेत्री जान्भी कपूरलाई लिने सोचमा छ ।

अनमोलले मंगलवार दिउँसो पुतलीसडकमा पत्रकारसँग गफिँदै बलिउड चलचित्रबाट अफर आएको भएता पनि गर्ने फाइनल नभएको प्रस्ट्याए । अनमोलले आफूलाई ‘द म्यान फ्रम काठमाडौं’ का निर्माता तथा क्यूएफएक्सका मालिक नकिम उद्यिनले बलिउड चलचित्र अफर गरेको बताउँदै भने- ‘कुरा भएको अवश्य हो । तर, केही फाइनल भएको छैन । फाइनल हुनुभन्दा अगाडि अझै धेरैपटक भेट हुनुपर्छ ।’

उनी थप्छन्, ‘बलिउड चलचित्र भन्ने वितिक्कै म हामफालेर जााँदिनँ । स्क्रिप्ट मनपर्‍यो भने मात्र गर्छु । र, चलचित्रमा जुन हिरोइन हुने भनेर चर्चा चलेको छ त्यसमा पनि सत्यता छैन ।’ तर, उनलाई ‘धडक’ गर्ल जान्भी कपूरसँग स्क्रिन साझेदारी गर्न इच्छा भने रहेछ । पत्रकारको एक प्रश्नमा मुसुक्कै हाँस्दै उनले भने- ‘अवश्य पनि साथमा काम गर्ने मन छ । उहाँ राम्रो कलाकार हुनुहुन्छ ।’

आशा गरिएका कलाकारहरु नै नेपाली चलचित्र क्षेत्रलाई गर्व गर्न लायकको स्थानमा पुर्‍याउनुको सट्टा बलिउडतिर जानु राम्रो हो ? पत्रकारको प्रश्नमा उनी केहीबेर घोत्लिए । उनले आफू जहाँ गएपनि देशको नाम चिनाउने बताए । उनी भन्छन्, ‘म बलिउड गएर त्यहीँ बस्ने होइन । त्यहाँ मैले भविष्य सोचेको पनि छैन । मलाई खासमा नेपाली चलचित्रको माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन मन छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu