‘लभ स्टेशन’ लाई मल्टीप्लेक्सहरुमा उच्च सोज



शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘लभ स्टेशन’ ले मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ । नेपालकै ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्सले मात्र राजधानीका पाँच स्टेशनमा चलचित्रलाई १९ र मोफसलका चार स्टेशनमा १७ सोज प्रदान गरेको छ ।

यस्तै, चलचित्रलाई क्यूज सिनेमाजले ४ सोज प्रदान गरेको छ भने बिग मुभिजले ६ सोज बाँडेको छ । विएसआर, एफक्यूब र सिडिसीले समान्तर ५/५ सोज प्रदान गरेका छन् । राजधानीका मल्टीप्लेक्सहरुले प्रदान गरेको सोज हेर्दा चलचित्रले बम्पर व्यापार गर्ने संकेत देखाउँछ ।

अभिनेता प्रदीपको क्रेज र चलचित्रप्रति दर्शकको चासोलाई मध्यनजर गर्दै बुधबार दिउँसो नै मल्टीप्लेक्सहरुले अग्रिम बुकिङ खुल्ला गरेका हुन् । यो फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीपले दोस्रो पटक अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् ।

गोविन्द शाही निर्मित यसमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu