‘यात्रा’ को ‘डुलि डुलि’ गीत सार्वजनिक (भिडियो)



चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यात्रा’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘डुलि डुलि’ बोलकोे गीतमा गायिका मेलिना राईले स्वर भरेकी छन् । दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको गीतमा कोविद बज्र र प्रतिक पौडेलले संयूक्त रुपमा संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मकी लिड एक्ट्रेस मलिका महत गायिकाको रुपमा प्रस्तुत छिन् ।

चलचित्रमा उनले दृष्टिविहीन युवतीको भूमिका निभाएकी छन् । सार्वजनिक गीतमा सलिनमान बनिया, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायत पनि फिचर्ड छन् । चलचित्रमा टुंगना बजाउनका लागि मात्र अभिनेत्री महतले तीन महिना तालिम लिएकी थिइन् । चलचित्रमा यो गीतलाई कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक सम्राट शाक्य बताउँछन् ।


चलचित्रमा कथा पनि सम्राटकै रहेको छ । यसलाई सञ्जय लामाले खिचेका हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

चलचित्रमा सलोन बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा प्रविन सिंहको कोरियोग्राफी छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीसँगै चलचित्रमा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu