प्रदर्शनमा आयो प्रदीप र जसिताको ‘लभ स्टेशन’



शुक्रवारबाट लोकप्रिय जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनीत चलचित्र ‘लभ स्टेशन’ प्रदर्शनमा आएको छ । यो चलचित्र दर्शकमाझ लामो समयदेखि प्रतिक्षीत थियो । ट्रेलरले राम्रो हाइप बनाएका कारण चलचित्रले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान गरिएको छ ।

यसलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । निर्माण गोविन्द शाहीले गरेका हुन् । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको पनि अभिनय रहेको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् ।

यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । निर्देशक घिमिरेका अनुसार, ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । चलचित्रमा प्रदीपले पहिलो पटक गायकको भूमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu