दश शहरमा ‘दाल भात तरकारी यात्रा’



प्रतिष्ठित ब्यानर मह संचारले निर्माण गरेको नयाँ चलचित्र ‘दाल भात तरकारी’ ले अब प्रचार-प्रसारलाई तिव्रता दिने भएको छ । चलचित्र युनिट यही चैत २५ गतेदेखि मोफसल दौडाहामा निस्किने तयारीमा छ । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर विर्तामोडदेखि पोखरासम्म हुनेछ । प्रस्तुतकर्ता किरण केसीका अनुसार, मोफसलका दश शहरमा चलचित्रको कन्सर्ट र पत्रकार भेटघाट कार्यक्रम हुनेछ ।

चैत २५ मा विर्तामोड, चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट आयोजना हुने निर्देशक सुदनले जानकारी दिए । मोफसल टुरमा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, गायिका जुनु रिजाललगायत सहभागी हुनेछन् ।

यो चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेललगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu