वृद्धाआश्रम पुग्यो ‘यात्रा’ टिम



यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ को प्रचार प्रसारमा व्यस्त अभिनेता सलिनमान बनिया शुक्रवार उपहार बोकेर वृद्धाआश्रम पुगेका छन् । लप्सीफेदीमा रहेको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम जेष्ठ नागरिक ग्रामबाट भेटघाटका लागि निम्तो आएपछि उनी चलचित्रको जम्बो टिमसहित पुगेका हुन् । यो आश्रममा चलचित्रको चार दिन छायांकन पनि भएको थियो । झण्डै ३५ जना वृद्धवृद्धा आश्रित यस आश्रमलाई चलचित्र टिमले प्रिज्मा कम्पनीको एलइडी टिभी उपहार दिएको छ ।

सलिनसँगै चलचित्रका कलाकार रेअर राई, निर्माताहरु चिज कुमार श्रेष्ठ, सुशील पोखरेल र सर्जुमान लिगल लप्सीदेफी पुगेका हुन् । वृद्धवृद्धासँगै उनीहरुले खाना पनि खाएका थिए । सलिनले सुटिङपछि फेरि वृद्धाआश्रम आउन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘सुटिङको बेला पनि एक दुई दिन यहाँ बसेको थिएँ । मलाई यहाँ आश्रित बुबा-आमाहरुसँग साथमा समय विताउन पाउँदा निकै रमाइलो लाग्छ ।’ उनी फेरि भेट्न आउने वाचा गरेर फर्किएका छन् ।


सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको पनि अभिनय छ । यस चलचित्रबाट मलिका महतले डेब्यू गरेकी छन् । यस चलचित्रलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । चलचित्रलाई संजय लामाले खिचेका हुन् भने हिमाल केसीको द्वन्द छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu