‘यात्रा’को ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्



काठमाडौं। तपाईँले घरमै बसी-बसी रु. एक लाख सम्म जित्न सक्नुहुने भएको छ । चैत्र २९ मा रिलीज हुने नेपाली चलचित्र ‘यात्रा’ले यस्तो एउटा अपर ल्याएको जसबाट तपाईँले रकम जित्न सक्नुहुनेछ ।

यो प्रतियोगितामा सहभागी हुन चलचित्रको ट्रेलर हेरेर उत्तर अनुमान गर्नुपर्ने हुन्छ । प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार जित्नेछ ।

प्रतियोगितामा भाग लिन https://meromakaii.com/yatra लिंक क्लिक गरेर उत्तर दिनुपर्नेछ ।

नियम र प्रश्न:
चलचित्र ‘यात्रा’मा गायिका तपस्याले कसरी दृष्टि गुमाइन् ? कृपया तल दिइएका मध्ये एक उत्तर रोज्नुहोस्-
१. उनी दृष्टिविहीन छैनन् । उनले अभिनय मात्रै गरेकी हुन् ।
२. उनी दुर्घटनामा परिन् र टाउको ठोक्किँदा दृष्टि गुमाइन् ।
३. उनले प्रशस्तै टिभी हेरिन् र हरियो सागसब्जी खाइनन् ।
४. उनी जन्मजात दृष्टिविहिन हुन् ।
५. कसैले यस्तो बनाइदिए, किनकी तपस्याले उनीहरुको गैरकानुनी क्रियाकलाप (हत्याबाहेक) देखेकी थिइन् ।
६. कसैले यस्तो बनाइदिए किनकी तपस्याले उनीहरुले कसैलाई हत्या गरिरहेको देखेकी थिइन् ।
७. माथिका कुनै पनि होइनन् ।

प्रतियोगिताका नियमहरुः
१. ‘यात्रा’ चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति यसमा भाग लिन पाउने छैनन् ।
२. एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ ।
३. एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा लक्की ड्रद्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ । लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिनेछ ।
३. प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९, शुक्रबारको दिन हुनेछ, जसलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
४. प्रतियोगितामा संसारका जोकोहीले पनि भाग लिने सक्नेछ । यदि भाग्यशाली विजेता नेपालबाहिरको भएमा, विजेताले तोकेको व्यक्ति वा नेपालको कुनै गैरनाफामुलक संस्थालाई पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]gmail.com

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu