तीन पत्रकारलाई ‘अग्रज पत्रकारिता पुरस्कार’



बक्स अफिस फिल्म क्लब नेपालले यही चैत २८ गते ‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई विदाई’ कार्यक्रममा चलचित्र, चलचित्रकर्मी र पत्रकारलाई एकसाथ सम्मान गर्ने भएको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये एक दर्जन फिल्मलाई ‘बल्कबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

बक्स अफिस फिल्म क्लब नेपालका आर.के सुवेदीले ‘लिलिबिली’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘बबी’, ‘नाइँ नभन्नू ल ५’, ‘कायरा’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘भैरे’, ‘रामकहानी’, ‘चंगा चेट’, ‘प्रसाद’, ‘क्याप्टेन’ गरि बाह्र चलचित्रका निर्मातालाई ‘बल्कबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिन लागेको जानकारी दिए ।


यस कार्यक्रममा माथि उल्लेखित चलचित्रका निर्माताहरु गोविन्द शाही, दीपकराज गिरी, अशोक शर्मा, मिलन चाम्स, विकास आचार्य, आर्यन सिग्देल, प्रज्वल शमशेर जबरा, सूर्य बोहरा, सुदर्शन थापा र पुजा शर्मा, माधव वाग्ले, सुवास थापा, भुवन केसीलाई ‘बल्कबस्टर फिल्म अवार्ड २०७५’ बाट सम्मान गरिनेछ ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय तीन पत्रकारलाई ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’ बाट पनि सम्मान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले बताए । राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्री, नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र सगरमाथा तथा इण्डिजिनियस टेलिभिजनमा आबद्ध महिला पत्रकार सवी कार्कीलाई पत्रकारिता पुरस्कार प्रदान गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu