फ्राईडे रिलिजः ‘ए मेरो हजुर ३’ र ‘यात्रा’



यस वर्षका लागि अन्तिम दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ शुक्रवारबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएका छन् । यी दुई चलचित्र यस वर्षका निकै आश गरिएका चलचित्र हुन् । ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् भने ‘यात्रा’ का निर्देशक सम्राट शाक्य हुन् । दुबै सांगीतिक प्रेमकथामा आधारित भएर बनेका छन् ।

‘ए मेरो हजुर ३’ मा झरनाकी छोरी सुहानाले डेब्यू गरेकी छन् । उनले चलचित्रमा अभिनेता अनमोलसँग रोमान्स गरेकी छन् । अनमोल र सुहानाका अलावा चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रबिन्द्र झा, रेअर राईलगायतका कलाकारहरुको अभिनय छ । गीतसंगीत र ट्रेलरले राम्रो हाइप बनाएका कारणले चलचित्रले बक्सअफिसमा राम्रो कमाउने धेरैको विश्वास छ ।

यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । चलचित्रमा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

‘यात्रा’ मा सलिनमान एक भ्लगरको भूमिकामा छन् । यस चलचित्रलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।

संजय लामाको छायांकन रहेको चलचित्रमा हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको चलचित्रमा अभिनय छ । मलिका महतले यस चलचित्रबाट डेब्यू गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu