कमेडीले भरिएको ‘दाल भात तरकारी’ को ट्रेलर (भिडियो)



नयाँ वर्षको छेकोमा बैशाख २० मा आउने प्रतिक्षीत चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । ‘भिजिट भिषामा’ र ‘दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा फिल्मका कलाकारहरु विदेश मोहले ग्रसित देखिन्छन् । हरिवंश आचार्य र निरुता सिंहलाई केन्द्रमा राखेर ट्रेलर तयार पारिएको छ ।

पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । अभिनेत्री प्रियंका कार्की भने एक सिनमा ठुम्का लगाउँदै देखिएकी छन् । चलचित्रका सबै कलाकारलाई स्थान दिन खोज्दा ट्रेलर केही गन्जागोल लाग्छ ।


कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एक परिवारको कथामा चलचित्र आधारित रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्यलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको चलचित्रका गीतमा कोरियोग्राफी छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu